काठमाडौं । पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बिहीबार बसेको अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपालको बैठकमा नेताहरुका अडान कायमै रहेपछि आज स्थायी कमिटी बैठक टुंग्याएर केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरु सहमत भएका हुन् ।
लामो समयदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएका छलफलमा समस्या समाधान नभएपछि नेकपाको विवाद केन्द्रीय कमिटीमा जाने भएको हो ।
गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्न सकेको छैन । पछिल्लोपटक असार २६ गतेलाई तय भएको थियो । बाढी, पहिरोका कारण मुलुक आक्रान्त बनेपछि एकसाता बैठक स्थगित गर्ने समझदारी भएको थियो ।

प्रतिक्रिया