हामीलाई यतिबेला रुपान्तरणसहितको जनताको पार्टी चाहिएको हो



रामप्रसाद सापकोटा ।

पार्टीमा संघर्ष छ ।‌ कुन्नि कति भाईका नाममा दाेस्रो धार पनि छ – एकता जोगाऊँ भन्दै हिडेको । मेरो बिचारमा एकता र संघर्षकोमात्रै कुरा गर्नु निरपेक्षता हो । यि दुबै पक्षले लेनदेनको कुरामात्रै गर्दैछ, रुपान्तरणको कुरा गरेकै छैन, मुख्य कुरा पार्टीको रूपान्तरण हो ।
पार्टी नेताहरुको र सरकारको रूपान्तरण नहुने र यस्तो मनपरितन्त्र चलाउने हो भने यो पार्टी एकतावद्द रहेपनि जनताको पार्टी रहने छैन । रूपान्तरण नहुने हो भने कोहि बसेर या हटाएर पनि काम छैन !

दाेस्रो धारका नेताहरुलाई सुझाव,
खासमा बिचार, राजनीति, संगठनात्मक प्रश्नका कारण यो धार बनेको होइन । यो पनि स्वार्थलाई केन्द्रमा‌ राखेर बनेको अस्थायी धार हो ।
यो धारमा व्यक्तिनैपिच्छेका फरक स्वार्थ छन् । यसका कैयंन नेता ठुलाहरूद्वारा परिचालित छन् । केहिलाई पुरानो ईगोको नेतासँग बदला लिनुछ । दिउसभरि तेस्रो धारको नारा बोकेपनि साँझपख मुलघर फर्केर आफ्नैको स्याहार गर्नुपर्ने वाध्यता बुझेका छौं ।

मुल कुरा- संघर्ष र एकता निरपेक्ष हुँदैन । यि दुबैको ध्येय रुपान्तरण हुनुपर्छ । हामीलाई यतिबेला रुपान्तरण सहितको जनताको पार्टी चाहिएको हो । हजुरहरु सबैले खोजेजस्तो पार्टी होईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार