कोरोना संक्रमणबाट रौतहटका एक पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या ३९ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको हो । असार २४ गते भारतबाट नेपाल फर्केका उनी ज्वरो आएपछि असार २९ गते वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्वाव परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।