कहिलेसम्म अध्यादेश, कुर्सी, बेसार र यस्तै आकाशे मुद्दा खोजेर प्रहसन मञ्चन गर्न व्यस्त हुने ?



नारायण गाउँले ।

परराष्ट्र मन्त्रालयले अयोध्या भारतमैं रहेको भनेर स्पष्टीकरण निकालेछ । प्रधानमन्त्री कार्यालयजस्तो संस्था यस्तो बकम्फुस देखिँदा मन दुःख्नु स्वाभाविक हो ।

प्रमाण, तथ्य या कुनै पुरातात्त्विक अध्ययनको सन्दर्भ लिएर रामको जन्म नेपालमैं भएको हुनसक्ने सम्म भनेको भए यसरी भोलिपल्टै स्पष्टीकरण दिनु पर्दैनथ्यो । देश हलुँगो हुन्नथ्यो । त्यो थप खोजको विषय बन्दो हो । तर एक अर्ब बढ़ी हिन्दुहरूले विश्वास र आस्था राख्दै आएको धार्मिक स्थललाई सोझै ‘नक्कली’ भन्नु, अर्को देशलाई आरोपित गर्नु र पौराणिक घटनाको प्रमाणका रूपमा ‘मोबाइल र इन्टरनेट नभएकाले यति टाढ़ा जन्ती आउन सम्भव छैन’ भन्ने जस्तो हचुवा तर्क दिनुले गर्दा भोलिपल्टै सच्याउनु पर्ने अवस्था आयो । अझै कति पल्ट यस्तै स्पष्टीकरण दिइरहनुपर्ने हो, थाहा छैन ।

अब त लिम्पियाधुराको दाबी पनि यस्तै कमजोर बन्ने हो कि भन्ने डर भयो ।

देशमा प्रधानमन्त्रीले बोल्नुपर्ने कति धेरै विषय छन् । बाढ़ी पहिरोले नागरिक बगाएको छ । भएका उद्योगधन्दा समेत बन्द हुने अवस्थामा छन् । बेरोजगारीको समस्या उस्तै छ । प्रधानमन्त्री भने महिनौंदेखि अध्यादेश, कुर्सी, बेसार र यस्तै आकाशे मुद्दा खोजेर प्रहसन मञ्चन गर्न व्यस्त छन् । दिक्दार लाग्दो छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी