कोरोना परीक्षणमा मनपरि शुल्कः स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय छानबिन समिति गठन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालले कोरोना परीक्षणका नाममा मनपरि शुल्क लिएको सम्बन्धमा छानविन गर्न तीन सदस्य छानबिन समिति गठन गरेको छ । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज, ह्याम्स अस्पताल र ग्रान्डी अस्पतालले मन्त्रालयको निर्देशिका विपरीत स्वाब संकलन गरेर मनपरि शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयको गुणस्तरमापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले रहेका छन् ।

मन्त्रालयले निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका–२०७७ मा निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएका नमुनालाई मात्र परीक्षण गर्नुपर्ने र शुल्क पनि ५ हजार ५ सय मात्र लिन पाउने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

  काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ ।

मस्तिष्क रक्तश्रावका लक्षण र उपचार 

प्रा डा राजीव झा । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि

ललितपुरका २५ हजारभन्दा बढी बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै

  पाटन (ललितपुर) ।  ललितपुरमा २५ हजार चार सय ४९ बालबालिकालाई पोलियो खोपविरुद्धको