कोरोना परीक्षणमा मनपरि शुल्कः स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय छानबिन समिति गठन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालले कोरोना परीक्षणका नाममा मनपरि शुल्क लिएको सम्बन्धमा छानविन गर्न तीन सदस्य छानबिन समिति गठन गरेको छ । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज, ह्याम्स अस्पताल र ग्रान्डी अस्पतालले मन्त्रालयको निर्देशिका विपरीत स्वाब संकलन गरेर मनपरि शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयको गुणस्तरमापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा शंकर काफ्ले रहेका छन् ।

मन्त्रालयले निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिनेसम्बन्धी निर्देशिका–२०७७ मा निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएका नमुनालाई मात्र परीक्षण गर्नुपर्ने र शुल्क पनि ५ हजार ५ सय मात्र लिन पाउने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय

औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैनः स्वास्थ्यमन्त्री पौडेल

इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन