कोरोना भाइरस परीक्षणका लागि ६ वटा निजी अस्पताललाई अनुमति



काठमाडौं । सरकारले कोरोना भाइरस परीक्षणको लागि ६ वटा निजी अस्पताललाई अनुमति दिएको छ। काठमाडौं उपत्यकाका चार र उपत्यका बाहिरका २ निजी अस्पताललाई पीसीआर परीक्षण गर्न अनुमति दिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका काठमाडौंका ४, बुटवलका १ र नेपालगञ्जका १ निजी प्रयोगशालालाई परीक्षण गर्न अनुमति दिएको हो ।

उपत्यकाको ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको हो ।

त्यस्तै उपत्यका बाहिरका बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले परीक्षण गर्न अनुमति पाएको हो। । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार तोकिएको प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । हाल देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिमखोलामा स्वास्थ्य संस्थामा  पूर्वाधार थपियो,   थपिएन सेवा

  म्याग्दी (बेनी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण

त्रिशूली अस्पतालमा नाक, कान र घाटीको विशेषज्ञ सेवा उपलब्ध

त्रिशूली (नुवाकोट) । त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा

जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा सङ्कट

सुवास दर्नाल, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ सोमारेकी ३४ वर्षीया शेर्पा थरकी

काठमाडौँ महानगरपालिकामा वायु गुणस्तर निगरानी उपकरण जडान सुरु

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल)को सहकार्यमा महानगर क्षेत्रभर