रक्षक र संहारक दुबै शक्ति भएका सरकारहरू



जेपी गुप्ता ।
दलहरू समर्थन खोज्छन्,संसदमा अत्यधिक शक्ति । जनता त्यस आग्रहमा सम्मुन्नति र विकासको शक्ति देख्छन् । फलतः निर्वाचनहरूले असीम शक्तिको सरकार दिन्छ । उद्दारक सरकारहरूको चरित्र फेरिन कति बेर लाग्छ र ? फलतःअमुक अमुक मुलुकहरूको सरकार हसिनाको, मोदीको, पुटिनको, ओलीको सरकारमा रूपान्तरित हुन जान्छ । आत्म श्लाघामा मदमस्त सरकारहरू ! रक्षक र संहारक दुबै शक्ति भएका सरकारहरू ।

भारतको उत्तर प्रदेशको उदाहरण हेरौं । यता तीन बर्ष भित्र उत्तर प्रदेशमा पुलिसले इन्काउन्टरमा ११९ जना कथित अपराधीको हत्या गरेको छ । हरेक घटना विवादस्पद देखियो । छानबिनमा यस मध्ये ७४ वटामा पुलिसले उन्मुक्ति पाएका छन् । अर्थात्, हत्याको परिस्थिति रहेको भन्यो । यस मध्ये अधिकांश गैरन्यायिक हत्यालाई जनताले पनि ठिक भन्यो । यसमा जनताले छरितो न्याय देख्यो । हत्याको बदला हत्या ।

यस कुराको हेक्का राखिएन कि लोकतन्त्रमा अत्यधिक शक्तिको बलियो सरकार बन्दा सरकार मात्र बलियो हुन्छ, लोकतन्त्र सधै न्यायका लागि विनित रहन्छ । अनि अदालत दिग्दर्शक मात्र रहन जान्छ । शक्ति पृथकीकरण सजावटको बिषय मात्र रहन जान्छ ।

भारतमा झांगिएको यो छरितो न्यायको व्यवस्था यता हामी कहाँ पनि जरो जमाउँदै छ । यस बारेमा उठेका स साना प्रश्नहरू बिलाएर जाँदैछ । भारतमा त भैरहेको छ नि भनेर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी