‘हेर्नूस् न बेकारमा होहल्ला गरेर मिसअन्डरस्ट्यान्डिङ बढाई दिए’



विष्णु रिजाल ।

हुँदै नभएका काल्पनिक ‘सूचना’ बनाएर नेताहरुलाई उत्तेजित बनाउन, परिस्थिति भाँड्न र पार्टी विभाजनलाई मद्दत गर्न कतिसम्म कोसिस भएको छ भन्ने एउटा घटनाको पदाक्षेप आज शीतल निवासमा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘हतार नगरौँ‘ भन्दाभन्दै संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि उत्पन्न सम्भावित संवैधानिक तथा कानुनी अन्योलका बारेमा राय लिनका लागि पाँच जना सचिवालय सदस्य, प्रमुख सचेत देव गुरुङका साथै स्थायी कमिटीका केही सदस्यहरुलाई राखेर पार्टी निकट कानुन व्यवसायीसँग गरेको छलफललाई महामहिम राष्ट्रपतिसमक्ष फूलबुट्टा भरेर, भयावय बनाएर र मरमसला हालेर पुर्याइएको रहेछ ।

सम्भावित अध्यादेश र त्यसबाट हुन सक्ने दल विभाजनका बारेमा पार्टीका कानुन विभाग प्रमुख रघुजी पन्तको संयोजनमा अध्यक्ष प्रचण्डको निवासमा १५ जनाबीच भएको उक्त छलफलका बारेमा स्पष्ट पारिएपछि महामहिम राष्ट्रपतिले भन्नुभएछ, ‘मलाई त कोटेश्वरमा तपाईंहरु दुई जना (प्रचण्ड र माधव नेपाल) ले दुई जना कानुनविद् (युवराज संग्रौला र गोविन्द बन्दी) राखेर मलाई महाअभियोग लगाउनेबारे छलफल गरेको भनेर पो रिपोर्टिङ गरियो त ।‘

हुँदै नभएको एउटा घटनाका कारण राष्ट्रपतिका मनमा उब्जिएको आशंका मेटाएर हिँड्दै गर्दा उहाँले भन्नुभएछ, ‘हेर्नूस् न बेकारमा होहल्ला गरेर मिसअन्डरस्ट्यान्डिङ बढाई दिए ।’

अप्ठेरो बेलामा सूचनाका व्यापारीसँग नेतृत्व सजग रहनुपर्छ । षड्यन्त्र गर्नै पर्दैन, कुनै निर्णय लिनुपरेछ भने हाकाहाकी र संवैधानिक प्रावधान बमोजिम नै हुन्छ । सबैले बुझेकै छन्, राजनीति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी