ढलको पानीमा कोरोनाको जीवाणु भेटिँदैमा समुदायमा संक्रमण भएको भन्न मिल्दैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य मन्त्रालयले ढलको पानीमा कोरोना भाइरसको जीवाणु भेटिँदैमा समुदायमा संक्रमण भएको भन्न नमिल्ने बताएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलमा भाइरस देखिएकै भरमा समुदायमा संक्रमण भएर जटिल अवस्थामा पुग्यो भन्न नमिल्ने बताएका हुन् ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषदको सहयोगमा ढलको पानीमा कोरोना भाइरस भएको वा नभएको बारेमा अनुसन्धान गर्ने पनि प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । हालै एक संस्थाले गरेको अध्ययनमा काठमाडौंको ढलमा कोरोना भाइरसको जीवाणु भेटिएको बताएको थियो ।