सबैकुरा दलगत राजनीतिक आँखाले हेर्ने गर्दा हामी नेपालीले दु:खबाट मुक्ति नपाउने नै भयौं त !



शारदाप्रसाद त्रिताल ।

सबैकुरा दलगत राजनीतिक आँखाले हेर्ने गर्दा हामी नेपालीले दु:खबाट मुक्ति नपाउने नै भयौं त ! राजनीति र खासगरी प्रजातान्त्रिक राजनीतिको प्रकृति नै अस्थिर किसिमको हुन्छ ।

प्रजातान्त्रिक राजनीतिमा विभिन्न सिद्धान्त, विचार र दर्शन अँगाल्ने अनेकौं दलहरु हुन्छन् । दलिभत्र अनेकौं गुट, उपगुट हुन्छन् । यी सबैले एकअर्कोलाई उछिनेर आफू अगाडि जाने प्रयास सदैब गरिरहेका हुन्छन् जुन स्वाभाविक पनि
हो ।

हामीले प्रजातान्त्रिक व्यवस्था भएका मुलुकहरुबाट राम्रा कुरा सिक्न चाहेनौ वा सिक्न सकेनौ । प्रजातान्त्रिक मुलुकहरुमा स्थायी शासकीय संयन्त्रहरुलाई मजबूत बनाइएको हुन्छ ।

न्यायालय, संवैधानिक निकायहरु, निजामती सेवा र अन्य संस्थाहरुले नियमित रुपमा काम गर्ने वातावरण निर्माण गरिएको हुन्छ ।

ती संस्थाहरु दलगत राजनीतिक क्रियाकलापभन्दा बाहिर हुन्छन् जसले गर्दा राजनीतिक अस्थिरतामा पनि नियमित रुपले काम गरिरहेका हुन्छन् ।

अध्ययन अनुसन्धानका आधारमा नयाँ पद्धति र प्रक्रिया निर्माण हुँदै जान्छन् र देशको समग्र विकासको मार्गमा निरन्तरता रहन्छ ।

नेपालमा २०४६ सालपछिको समग्र समयावधिमा सबैजसो शासकीय संयन्त्रमा दलगत राजनीतिलाई घुसाइयो जसको परिणामस्वरुप दलहरुमा समस्या आउनासाथ समग्र शासकीय संयन्त्रमा अस्थिरता आउने अवस्था सिर्जना भयो ।

सरकार परिवर्तन हुने भयो रे भन्ने हल्ला चल्नासाथ सबै संयन्त्र ठप्प हुने अवस्था अहिलेसम्म विद्यमान छ । यसले गर्दा नै हामीले दुख पाइरहनु परेको छ र यो क्रम अरु धेरै समय रहने निश्चित छ ।

त्रिताल, नेपाल सरकारका पूर्वसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफूहरुको अधिकारमाथि केन्द्र सरकारले हस्तक्षेप गरेको बालेनको आरोप

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न संघीय सरकारले

गगन थापालाई रवीन्द्र मिश्रको खुलापत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कांग्रेस महामन्त्री गगन थापालाई

मुलुकलाई गम्भीर राजनीतिक संकटमा पार्नसक्ने विद्युत महसुल बक्यौता विवाद

सुरेश आचार्य । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बुधबारको पत्रकार सम्मेलनमा

नेपालमा निम्बार्क सम्प्रदाय र भगवत् शरणको योगदान

डा. गोविन्दशरण उपाध्याय । निम्वार्क सम्प्रदायका विनम्र अनुयायीहरूले निम्वार्क सम्प्रदायका प्रमुख संस्थापक हंस