म्यानमारमा रत्न खानीमा पहिरो जाँदा मृत्यु हुनेको संख्या कम्तीमा ११३ पुग्यो



उत्तरी म्यान्मारको एउटा रत्न खानीमा पहिरो जाँदा मृत्यु हुनेको संख्या कम्तीमा ११३ पुगेको छ । कचिन प्रान्तमा भएको उक्त घटनामा अझै धेरै मानिसहरू पुरिएको समाचारहरूमा उल्लेख छ । ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ ।

म्यान्मार जेडको प्रमुख स्रोत हो । तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन् । उक्त सरकारी निकायले ११३ वटा शव भेटिएको र उद्धारकार्य जारी भएको जनाएको छ ।

खानीबाट फालिएको माटो र ढुङ्गामा जेडका टुक्राटाक्री खोज्न सयौँ मानिसहरू भेला हुन्छन् । गत वर्ष खानीमा भएका दुर्घटनाहरूमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । म्यान्मारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकमको जेड कारोबार गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर प्रदेशमा ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट