भन्नुस्, तपाईं ईश्वरमा किन विश्वास गर्नुहुन्छ ?



डा. गोविन्दशरण उपाध्याय ।

“ईश्वर”को अस्तित्व छैन भन्नेहरूमा साम्यवादीहरू प्रखर छन् | ईश्वर, आत्मा, स्वर्गनर्क र अमरताजस्ता दार्शनिक तथा आस्थाका विषयहरूमा अहिलेकोको विश्व विभाजित छ | यहुदी, इसाई र मुस्लिमजस्ता विश्वका ठूला पन्थहरू “ईश्वरमा” विश्वास गर्छन् | बौद्ध र जैनहरूले एकशक्तिशाली ईश्वरमा विश्वास नगरे तापनि महावीर र सिद्धार्थ गौतमलाई ईश्वरको ठाउँमा स्थापित गरेका छन् |

जतिधेरै विज्ञान उन्नत हुँदैजान्छ तेतिनै मान्छेले ईश्वर छोड्दै जान्छन् भन्ने कार्लमार्क्सको कथन झूटो सावित भएको छ | सन् १९९२ को तुलनामा सन् २०१६ मा ईश्वरउपर विश्वास गर्नेहरूको सङ्ख्या बढेको थियो | सन् २०२० मा नास्तिकहरूका तुलनामा आस्तिकहरूको सङ्ख्या बढेको तत्थ्यहरूले प्रमाणित गरेका छन् |

ईश्वर छ कि छैन भन्ने प्रश्नभन्दा पनि ईश्वरको अनुपस्थितिमा संसारका मान्छेहरू कति स्वच्छन्द होलान् भन्ने प्रश्न बढी महत्वपूर्ण ठहरिन्छ | ईश्वरको अस्तित्वमा विश्वास हुँदा विश्व जतिधेरै सुगम, नियमित र नैतिक छ, अनीश्वरवादी विश्व निकै खतरनाक हुनेछ | तेसैले आज विश्वको जनसंख्यामा ७६.३% व्यक्तिहरू ईश्वरको अस्तित्वमा विश्वास गर्छन् |

जतिसुकै आधुनिक विज्ञानले उन्नति गरे पनि, राज्यहरूले विभिन्न कानूनहरू निर्माण गरेर दण्ड-पुरस्कारको व्यबस्था गरे पनि ईश्वरको उपस्थितिको आत्मिक विश्वासमा ईश्वरको अस्तित्व अझैं बलियोसंग प्रमाणित गरेको छ |

भन्नुस् तपाईं ईश्वरमा किन विश्वास गर्नुहुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी