राजस्व र दान



डा. गोविन्दशरण उपाध्याय ।

देवश्व : मठमन्दिर, धर्म, संस्कृतिको रक्षाका लागि स्वेच्छाले दिने दानमा केही कमि आएको छ तेसैले मन्दिरहरूको संरक्षण रोकिएको छ |

पितृश्व : पूर्खाको सम्मानका लागि विद्यालय, गुरुकुलआदिको संचालनका लागि गृहस्थले प्रदान गर्ने स्वेच्छिक दानहरू जीवित छन् तर ज्ञानको अभावले नागरिकतहमा जनताहरूले उपेक्षा गरिरहेका छन् | कुलको सेवा गर्न, कुलको शीप अगाडी बढाउँन पितृश्वको प्रयोग हुन्छ |

भूतश्व : पाटीपौवा, धर्मशाला, कुवा, तलाउँ, पोखरी, अस्पतालआदि निर्माण र अनाथभएका पशुपक्षीको जीवन रक्षाका लागि दिने स्वेच्छिक दानलाई राजश्वले विस्थापित गरेको छ फलत: सार्वजनिक ठाउँहरू खुम्चिएका छन् | अहिलेका सरकारहरू व्यापारी हुन् | धर्मशालाहरू पनि होटल नै हुन् | तेसैले निशुल्क सेवा दिने संस्थाहरू खडा गर्न यो दान महत्वपूर्ण हुन्छ |

राजश्व : सरकारले आफ्नो संचालनका लागि नागरिकहरूसंग बलजफत तिराउने शुल्क | राजश्वको संचालन गर्ने अधिकार धर्मनिरपेक्षतावादी सरकारसंग छ | सनातन धर्मको रक्षाका लागि हामीले तिरेको राजश्वको कुनै प्रयोग हुने छैन |

राजश्व बाध्यात्मक हुन्छ तर अन्य दानहरूमा कुनै बाध्यात्मकता हुँदैन | अचम्मको तत्थ्य के हो भने राजश्व चोर्ने मानिसहरूले पनि अन्य दान दिन्छन् | यदि राजश्वको प्रयोग पितृश्व, देवश्व र भूतश्वका लागि प्रयोग हुन्छ भने सुनिश्चित हुन्छ भने ३०-१५% राजश्व तिर्नु उचित नै ठहरिन्छ तर धर्मसंस्कृतिको विरोध गर्ने धर्मनिरपेक्षताका नाममा आफ्नै धर्मसंस्कृतिको खुट्टा काट्ने राज्यलाई राजश्व तिर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो भन्न मिल्छ |

अव एकैछिन आफूतिर फर्केर सोधौं : के हामीले राजश्व वाहेक अन्य शीर्षकहरूमा नियमित दान दिने गरेका छौँ ? हामीले नियमित दान नंदिदासम्म सनातन धर्म र धार्मिकता खुम्चिनै रहने छ |

आजका सरकारहरूले राजश्व तिराएर “हामी सबै काम गर्छौं” भनेर जिम्मा त लिन्छ तर देव्श्व, पितृश्व तथा भूताश्वको प्राचीनतम संस्कृतिको जगेर्नाका लागि सिन्को भाच्दैन | तेसैले पुन: आमनागरिक सक्रिय भएर उपरोक्त दान विधिहरुको पुनरोत्थान गरौँ र नेपालको निर्माण गरौँ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी