संकटमा नेतृत्वको उदय



डा. रवीन्द्र पाण्डे ।

भारतका दिल्ली, मुम्बईलगायतका सहर, बंगलादेश, पाकिस्तान लगायतका देशमा कोरोना संक्रमण थेग्न नसकिने स्थितिमा पुगेको छ | दिल्लीमा यो हप्ताभित्र एक घर, एक पिसिआरको महाअभियान संचालन गरिदैछ | जुलाईको अन्त्यसम्म दिल्लीमा साढे पांच लाख संक्रमित हुने र ८० हजार थप बेड आवश्यक हुने भनिएको छ | कोरोना नियन्त्रणको अभियानमा भारतका गृहमन्त्री अमित शाहको भूमिकाले देखाएको छ कि उनी मोदीको उत्तराधिकारी हुनेछन् |
.
जसरी गुजरातको भूकम्पको संकटले गर्दा नरेन्द्र मोदीको उदय भयो, त्यसै गरि कोरोना महामारीको संकटले अमित शाह उदाउने अनुमान गर्न सकिन्छ |
राजनीति गर्ने व्यक्तिको लागि संकट राष्ट्रिय नेतृत्वमा स्थापित हुने अवसर हो | यसको लागि लोभ, मोह, आर्थिक अवसर तथा पक्षधरता त्याग्न सक्नुपर्छ | मन, बचन र कर्मदेखि समर्पित भएर जनताको पक्षमा काम गर्ने हो भने जनताले त्यसको मूल्यांकन गरेका हुन्छन् | अहिले पनि कसले राम्रो काम गरेको छ ? को को भ्रष्ट्राचार र कमिसनमा चुर्लुम्म डुबेका छन् ? लगायत प्रश्नको उत्तर आम जनतासंग छ र रहिरहनेछ |
.
आशा गरौँ, यो महामारीमा जनतालाई जैविक, आर्थिक तथा मानसिक रुपमा निस्वार्थ ढंगले सेवा गर्ने धेरै नेताको उदय हुनेछ र त्यो नेतृत्वले हाम्रा सपनालाई यथार्थमा परिणत गर्नेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी