एक करोड चार लाखमध्ये ५६ लाख ६४ हजार कोरोना संक्रमित उपचारपछि डिस्चार्ज



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण १ करोड ४ लाख ९ हजार २ सय ३९ जना संक्रमित भएका छन् । विश्वका २ सय १५ मुलुकमा फैलिएको कोरोना भाइरसबाट ५ लाख ८ हजार ८४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५६ लाख ६४ हजार ४ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

४२ लाख ३६ हजार ६ सय ६२ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ५७ हजार ५ सय ३० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । यस्तै, सयुंक्त राज्य अमेरिकामा २६ लाख ८१ हजार ८ सय ११ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २८ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ११ लाख १७ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै ब्राजिलमा १३ लाख ७० हजार ४ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ हजार भन्दाबढीको मृत्यु भएको छ । रसियामा कोरोना संक्रमितको संख्या ६ लाख ४१ हजार १ सय ५६ पुगेको छ । ९ हजार १ सय ६६ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, छिमेकी मुलुक भारतमा ५ लाख ६७ हजार ५ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा १६ हजार ९ सय ४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ३ लाख ३५ हजार २ सय भन्दाबढी उपचारपछि निको भएका छन् । यस्तै, नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । संक्रमितको संख्या १३ हजार नाघेको छ । संक्रमितमध्ये ३ हजार १ सय ३४ भन्दाबढी उपचारपछि निको भएर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम