सदनमा हिन्दी बोल्नेलाई देवकोटाको जवाफ



नरेन्द्रराज प्रसाईं ।
राजा महेन्द्रले लक्ष्मीप्रसाद देवकोटालाई सल्लाहकार सभाको माननीय सदस्यमा मनोनीत गरे । देवकोटा विशुद्ध नेपाली भएर नै त्यहाँ पुगे र नेपाली नै भएर क्रियाशील भए ।

त्यति बेला तराईबासी सदस्यहरूले सल्लाहकार सभामा हिन्दी भाषामा नै बोल्न थालेका थिए । राष्ट्रभाषामा नै त्यहाँ बोल्नुपर्छ भन्ने आवाजका विपरीत तराईबाट प्रतिनिधित्व गर्ने सदस्यले सल्लाहकार सभाको सदन बहिष्कार गरे ।

दुई दिनपछि पुनः सदनको सञ्चालन भयो । तर तराईबासीहरूको बेहोरा उही रह्यो । अनि देवकोटालाई पनि धेरै झोक चल्यो र उनले अङ्ग्रेजी भाषामा सदनमा भाषण गर्न थाले ।

त्यति बेला अध्यक्षको रुलिङमा देवकोटाले प्रत्युत्तर दिएका थिए “हिन्दी यस देशको अर्धराष्ट्रभाषामा सदनमा बोल्न छुट पाइन्छ भने अन्तर्राष्ट्रिय भाषाको रूपमा मान्यताप्राप्त अङ्ग्रेजी कारोबार अङ्ग्रेजीमा हुन्छन्, संयुक्त राष्ट्रसङ्घमा अङ्ग्रेजी बोलिन्छ, भारतको संसदीय भाषा अङ्ग्रेजी छ । हिन्दी कुन जाति र कुन क्षेत्रको मातृभाषा हो ? हामी अधिकांश सदस्य हिन्दी बुझ्दैनौँ, तर यहाँ एकदुई जना व्यक्ति छाडेर अङ्ग्रेजी भाषा नजान्ने सदस्य म कोही देख्तिनँ ।”

(देवकोटाको जीवनशैलीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी