चार वटा कृति एकै पटक



नरेन्द्रराज प्रसाईं ।

चाँदनी शाह, डा.मोदनाथ प्रश्रित, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र सहाना प्रधानको जीवनीमा आधारित बेग्लाबेग्लै चार वटा कृति एकै समयमा जनमाझ ल्याउने सोचमा म उभिन पुगेको छु ।
~
सहाना प्रधानको जीवनी कुनै दिन लेखौँला भनेर मैले एक प्रतिशत पनि सोचेको थिइनँ । तर उनीबारे अध्ययनगर्दै जाँदा उनले मेरी आमाको झैँ कठोर दुक्ख पाएकी रहेछिन् । उनको जीवनले पनि सुनजस्तै सुक्ख र पित्तलजस्तै दुक्ख भोगेको रहेछ । अनि मैले उनको कथा नाघेर हिँड्न पनि सकिन । त्यसैले मैले उनीबारे लेख्न थालेँ र उनको जीवनी लेखेर पनि सकेँ ।

सहाना प्रधानबारे लेख्न डा.मोदनाथ प्रश्रित, हिरण्यलाल श्रेष्ठ, जयप्रसाद यू.के., सुशीला श्रेष्ठको ‘सहाना प्रधान स्मृतिका आँखीझ्यालबाट’ र लोगसरी कुँवरलाई पनि मैले स्रोत बनाउन सकेँ । खास गरेर लोगसरी Kunwarले मलाई दिनहुँ नकराएकी भए मेर‍ो मनबाट सहाना प्रधान मेरै अल्छिपनमा नै बिलाएर पनि जान सक्थ्य‍ो होला ।
~
‘तिमी नारीवादी साहित्यकार पनि हौ । त्यसैले तिमीले चाँदनी शाह र सहाना प्रधानको त जीवनी लेख्नै पर्छ’ भनेर जबर्जस्ती गर्ने मेरी पुरोधिका इन्दिरा हुन् । Indiraले मेरा कृति बढोत्तरी गर्न यस्तै खाले एकएक बहाना गर्ने गरेकी हुन्छिन् ।

‘बुबा ! रानीले बुबालाई कति धेरै माया गरेकी थिइन् । उनी राम्रो कविता लेख्ने रानी थिइन् । बुबाले उनी बाँचेकै बेला उनका बारे ‘चाँदनी शाह : आफ्नै आकाश, आफ्नै परिवेश’ नामक समालोचनात्मक ग्रन्थको सम्पादन गर्दा रानी कति खुसी भएकी थिइन् ? अहिले उनी छैनन् । त्यसैले बुबाले चाँदनी शाहको त जीवनी लेख्नै पर्छ’ भनेर वाचा गराउने मेरो धड्कनको नाउँ डा.कञ्चनजङ्घा प्रसाई हो । छोरा Kanchanjungaले मलाई त्यसबारे घरिघरि घच्घच्याउने काम नगरेको भए सायद त्यस सोचमा म पुग्थेँ या पुग्दिन थिएँ !

मैले प्रतक्ष चिनेका र मेरा प्रिय अनाम पाठकहरू मेरा लागि अजस्र प्रेरणाका स्रोत भएको कुरा म सधैँ सम्झने गर्छु । ती पाठकबाट मैले पाउँदै आएको स्नेह, प्रेरणा र आशीर्वाद मेरो लेखनका ऊर्जा भएका छन् । मेरा सम्पूर्ण पाठकप्रति म सदा अनुगृहित पनि छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य