को हुन् चीनका विरुद्ध झूठ प्रचार गर्ने ?



भरत दाहाल ।
यो पोष्टमा २ वटा फोटा संलग्न गरिएका छन् । एउटा ईण्डो पश्चिमा सुराकीहरुले कृषि मन्त्रालयका नाममा जारी गरेको नक्कली वक्तव्य छ । यही वक्तव्यलाई आधार बनाएर कांग्रेसीहरु, केही मिडिया र कथित विद्वताको पीएचडीे डिग्री देखाएर सूचना संकलन गर्ने विदेशी तलुवाहरु चीनले दर्जनौं ठाउँमा नेपालको भूमि मिचेको भनेर कुप्रचार गर्दै तलव थाप्ने धन्धा गर्दै आएका थिए । फोटोको अर्को भाग परराष्ट्र मन्त्रालयले यस्तो प्रचारको खण्डन गरेर जारी गरेको वक्तव्य छ ।

घाँटीमा टाई कसेर सम्पादकको शान देखाउने विदेशी हलीहरु, पीएचडीको कागजका आधारमा नेपालीहरुलाई उल्लु बनाएर साम्राज्यवादीहरुका लागि सूचना संकलन गर्दै आएका सुराकीहरु, नेताको पगरी गुथेर विदेशी हण्डिमा ज्यान पाल्दै आएकाहरुको औकात यही हा ।। यी पशुहरुलाई चिन्न नसकेर नेपाली जनता लामो समयसम्म अलमलमा परेको थियो। यीनीहरु बाहिर राम्रो खोल देखिने कुहिएका अण्डाहरु हुन्। यस्तो घृणित स्तरका जानवरहरुको मिशन बुझ्न जरुरी छ।

यीनीहरुको मूख्य उद्देश्य भनेको नेपालमा बद्नाम भएर गएका ईण्डियन, अमेरीकन र यूरोपियनहरुलाई जोगाउन चीनका विरुद्धमा वातावरण बनाउनु, विश्वको तिक्ततापूर्ण ध्रुविकरणमा नेपाललाई ईण्डोपश्चिमा कित्तामा फसाएर नेपाललाई नेटोको रणमैदानमा बदल्नु र आजसम्म खाएको गुन तिर्नु रहेका छन् । पश्चिमाहरुले गर्दै आएको बार्षिक ५० अरबको लगानीको उपलब्धि कतै देखिंदैन। त्यो लगानी कहाँ भैरहेको छ भन्ने यथार्थता यी अपराधीहरुको अनुहारबाट थाहा हुन्छ ।

अब सवाल उठ्छ कि नक्कली वक्तव्य बनाएर त्यसैका आधारमा झूठ प्रचार गर्ने अपराधिहरुमाथि कार्वाही हुनु पर्छ कि पर्दैन ? यस्तो प्रचार गर्नेहरुमा राज्यबाट तलवसुविधा खाएर बसेका अपराधीहरु पनि संलग्न छन् । यदि घृणित यी अपराधिहरुमाथि कार्वाही हुँदैन भने यसमा सरकारमा रहेका मानिसहरुको संलग्नतामा आशंका गर्न सकिन्छ। किनभने ओली सरकारले नियुक्ति दिएर राज्यकोष खुवाईरहेका व्यक्तिहरुले नै अग्रपंक्तिमा रहेर चीनका विरुद्धमा झूठ प्रचार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी