अब सबै प्रदेशमा हरेक दिन पीसीआर विधिबाट एक हजारसम्म परीक्षण गर्ने सरकारको तयारी



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेसम्म हरेक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाउने जानकारी दिएका छन् । शनिबार स्वास्थ्य मन्त्रालयमा पत्रकारहरुसँगको अन्तक्र्रियामा स्वास्थ्य मन्त्री ढकालले निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गरिने जानकारी दिएका हुन् ।

मन्त्री ढकालले प्रत्येक प्रदेशमा हरेक दिन १ हजारसम्म परीक्षण गर्ने गरी स्तरवृद्धि गरिने पनि बताए । उनले कोरोना परीक्षणमा पहुँच नभइ आवश्यक सबैको परीक्षण गरिएको जानकारी दिए । उनले कोरोना संक्रमित बढ्दै गएको अवस्थामा लक्षण नदेखिएका विरामीलाई आइससोलेसनमा र गम्भीर रुपका विरामीलाई मात्र अस्पतालमा राखिने तयारी भएको जानकारी दिए ।

राज्यले कोरोना संक्रमणसंग लड्न सबै तयारी गरेको उनको भनाई थियो । मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्रीहरु ल्याउने क्रम जारी नै रहेको भन्दै स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको दाबी गरे । मन्त्री ढकालले भारतबाट एकैपटक धेरै व्यक्ति भित्रदा जाँचमा केहि ढिलाई भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको