गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा शनिबार बिहान थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, नवलपुर, गोरखा, कास्की, म्याग्दी लगायतका सात जिल्लामा गरी थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।