पोखराका ९० वर्षका पुरुषमा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेश, थप तीन जना कोरोना संक्रमित थपिएका छन् । कास्कीको पोखरा महानगरपालिका पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा उपचार गराईरहेका बर्ष ९० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा ल्याउने तयारी गरिएको छ ।
त्यसैगरी तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १२ र ४६ का २ जना पुरुष गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी. कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको गण्डकी स्थास्थ्य निर्देशनालयले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको छ ।