पशुपतिनाथको मन्दिर सफा राख्न पनि छिमेकी मुलुकसँग गुहार !



काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सञ्चालन गर्न भारत सरकारले सहयोग गर्ने भएको छ । त्यस सम्बन्धी सम्झौतापत्रमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौँ महानगरका तर्फबाट पूर्वाधार विकास विभागका प्रमुख राम थापा र भारतीय दूतावासका तर्फबाट डेभलपमेन्ट को–अपरेशन काउन्सिलर डा प्रफुल्लचन्द्र शर्माले हस्ताक्षर गरेका छन् ।

भारत सरकारको सहयोगमा सञ्चालन हुने साना विकास परियोजनाअन्तर्गत भारतीय दूतावासको तीन करोड ७२ लाख ३१ हजार १६२ र काठमाडौँ महानगरको एक करोड ४५ लाख ७९ हजार १४४ रुपैयाँ लागत सहभागिता रहने परियोजनाको लागत पाँच करोड १८ लाख १० हजार ३०६ रुपैयाँ रहेको छ ।

सम्झौताबमोजिम परियोजनाको सञ्चालन पशुपति क्षेत्र विकास कोष, परियोजना कार्यान्वयन काठमाडौँ महानगरपालिका र अनुगमन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछन् । परियोजनामा खानेपानी वितरण प्रणाली सुधार, ढल निर्माण, सरसफाइ तथा फोहरमैला व्यवस्थापनको काम हुनेछ ।

परियोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर पशुपतिनाथ क्षेत्रको सरसफाईका लागि भारतसँग सहयोग लिएको भन्दै त्यसको विरोध भएको छ । पूर्वमुख्यसचिव लिलामणि पौडेलले सरसफाईका लागि सहयोग लिनु अनुचित भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

गुन्यालफाँटाका दुई दर्जन भन्दाबढी बादी परिवार ढोकामा ताला झुण्ड्याएर रोजगारीका लागि भारततर्फ

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटाका बादी परिवार

मुख्यमन्त्री सिंहले एम्बुलेन्स चालक बनेर अस्पतालका गार्डसँग कुरा गरेपछि…

जनकपुरधाम । केही दिनयता मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका निजी अस्पतालको अनुगमन

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता !

नारायण गाउँले । धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा–आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन