अनुदानको ओदान



डा. गोविन्दशरण उपाध्याय ।

आजका राष्ट्रहरू व्यापारी हुन् | व्यापारीले आफ्नो नाफा हेरेर सम्वन्धको समीक्षा गर्छ | राष्ट्रहरूले दिने अनुदान मूलत: ऋण भिडाउनका लागि फाल्ने चारो मात्र हो | अनुदानहरूको मांखेसङ्ग्लोमा फंसेका राष्ट्रहरूले ठूला साहुहरूको ऋण “नाई” भन्न सक्दैनन् |
ऋण भन्दा अनुदान धेरै खतरनाक हुन्छ | अनुदानले राजनीतिलाई भ्रष्ट बनाउँछ | ऋण तेतिनै लिनुपर्छ जति तिर्न सकिन्छ | साउथ अफ्रीकाका धेरै देशहरू र पाकिस्तान अहिले ऋणको ब्याज तिर्नका लागि ऋण लिने राष्ट्रमा उभिएका छन् |

कोरोनाले पुन: नेपाली समाजलाई “पारिवारिक खेतीपाती र पैचो र पर्म”को प्राचीन संस्कृतितिर फर्कनु पर्ने संदेश दिएको छ | घरवारीमा फलेको केरा, बाधिएको गाई भैसीको दूध र उब्जेको अन्नले सजिलै जीवन चलायमान राख्छ |
अमेरिका र भारतमा फाल्ने चामलले नेपालीको पेट भर्ने सजिलो छैन | तर सरकारले संचालन गरेको नगद अनुदानमा आधारित कृषिले अर्थतन्त्रलाई कुनै लाभ पुर्याउन सक्दैन किनभने घरघरका कृषकहरूलाई “अनुदान” कृषि नगर्ने तर कृषकको नाटक गर्नेले प्राप्त गरिरहेका छन् भन्ने तत्थ्य सबैलाई थाहा छ |

वि.स. २०४७ सम्म कृषिमा कुनै प्रकारको अनुदान थिएन तर नेपाली कृषि क्षेत्र आत्मनिर्भर थियो | जतिधेरै कृषिमा अनुदान बढ्यो तेतिनै धेरै देशले खाद्यान्न वेसाउनु परिरहेको छ |

चानक्यले अनुदानका तीनबटा गति हुने चर्चा गरेका छन् “सित्तैमा प्राप्त धनले अल्छी बढाउँछ, चोरहरूलाई बढाउँछ र आत्मनिर्भरतालाई विनाश गर्छ | व्यबहारमा पनि अनुदानमा बाँच्नेहरूका दोस्रो वा तेस्रो पुस्ता निकम्मा भएको देखिन्छ |

यो लेख पढ्दा कसैले मलाई “पूँजीवादी”को मतितर भन्ने आरोप लाग्न सक्छ तर सत्यको मुख तीतो हुन्छ | विश्वमा अनुदान प्राप्त गरेर बनेको न कुनै मुलुक छ न कुनै परिवार नै छ | विश्वभरि नै अनुदानमा आधारित विकासका मोडेलहरू फेल भएका छन् | अव नेपाली राजनीतिले अनुदानको पासोबाट मुक्त हुन पहल गर्नुपर्छ |

दान र अनुदानलाई एकै घानमा हाल्नु हुँदैन | दान पात्रताका आधारमा वा निस्वार्थ हुन्छ तर अनुदान केवल व्यक्ति, समाज वा राष्ट्रलाई लोभ्याउनका लागि हुन्छ | हिन्दीमा “लालीपप दिखाना” भन्ने उखानले अनुदानको चरित्रलाई प्रकाश पार्छ |

अनुदान (सित्तैमा दिएर) मान्छे आत्म निर्भर हुँदैन बरू अल्छी, निकम्मा र कामचोर हुन्छ | प्रविधि सिकाउँ, आफ्नै मौलिक कृषि प्रविधिहरूलाई प्रविधि मैत्री बनाउँ र देशलाई “ठूला ब्यापारीहरूको ऋणी” बन्न बाट जोगाउँ | वास्तवमा अनुदान दान होइन देशका जनतालाई पोल्ने ओदान हो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी