सुर्खेतका ४० र दैलेखका थप ३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कर्णाली प्रदेशमा शनिबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४० र दैलेख जिल्लाका ३० जना गरी थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका ४० जना मध्ये गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना र दैलेखका ३० जना मध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९१६ पुगेको छ ।
त्यसैगरी शनिबार दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । योसँगै ा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ र हालसम्म कोभिड १९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ ।