गण्डकी प्रदेशका थप २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरुलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)को रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । त्यस्तै म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४६ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यसैगरि बाग्लुङको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २१, २६ र २७ का ३ जना पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।