सांसद विकास कोषलाई बजेटबाट हटाउन सरकारलाई भन्ने आँट गर्नुपर्छः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदहरूले स्थानीय पूर्वाधार कोषको नामबाट वडा अध्यक्ष जस्तो पैसा लिन थालेदेखि स्थिति खस्किएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा थापाले सांसदहरूले विकासका नाममा बजेट नलिएर नीति निर्माताका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।

उनले बजेट निर्माणमा संसदको, विधायकको विचार र धारणाको विषयमा कहिले पनि छलफल नभएको बताए । उनले भने, ‘बजेट निर्माणमा संसदको भुमिका के त्यसबारेमा खै छलफल गर्यौं त ? हामी चुरोटको खोलमा योजना लेखेर मन्त्रीको ढोकामा पुग्यौं, कहिले आफ्नो लेटर प्याडमा लेखेर पुग्यौं । अहिले पहिलाको भन्दा स्थिति झन विग्रियो ।’

उनले सांसद विकास कोषलाई बजेटबाट हटाउन सरकारलाई भन्ने आँट गर्नुपर्ने बताए । विगत वर्षको बजेटमा गरिएका बाचाहरु कुनैपनि पुरा नभएको भन्दै उनले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य सेवा, स्वास्थ्य बीमाको बारेमा गरिएका बाचाहरु कुनै पनि पुरा नभएको बताए । उनले स्वास्थ्य बीमाका बारेमा सरकारले नबुझेको भन्दै यो संकटपछि संसदमै फेरि छलफल गर्नुपर्ने बताए ।

अहिले सरकारले २४ वटा प्रयोगशाला बनाएको दाबी गर्ने सरकारले जम्मा पाँच वटा पीसीआर मेसिन किनेको भन्न हिच्किचाउन नहुने बताए । त्यस्तै सरकारले जम्मा २५ हजार पीसीआर किट किनेको र बाँकी सबै उपहार र दानमा पाएकोबाट परीक्षण भइराखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार