गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण



काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी क्षेत्री स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङको निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङ वडीगाड गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङ जिल्ला, गल्कोट नगरपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यसैगरी स्याङ्जा जिल्ला, कालीगण्डकी गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष १८ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै पर्बत जिल्ला, फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २१ र २१ का २ जना पुरुष र सोही जिल्ला बिहादी गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २४ र २८ का २ जना पुरुषमा समेत गरि पर्वत जिल्लामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यसैगरी म्याग्दी जिल्ला, मंगला गाउँपालिका ठेगाना भै सोही पालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार