रुकुम घटनाको निष्पक्ष छानविन हुन्छः आइजिपी ज्ञवाली



काठमाडौं । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले पश्चिम रुकुम घटनाका दोषीलाई निष्पक्ष ढंगले कानुनी कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले बेपत्ता भएकाको खोजी तीव्र पार्न र घाइतेको निःशुल्क उपचार गर्न निर्देशन दिदै दोषीलाई निष्पक्ष ढंगले कानुनी कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न पनि निर्देशन दिएको छ । दलित समुदायमाथि हुने विभेद तथा घटनाको छानबिन गर्न उक्त सेल खोल्न निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए । उक्त घटना मानवता विपरीतको घटना भएको बैठकले ठहर गरेको सभापति पोखरेलले बताए । बन्दाबन्दीको समयमा हिंसाका घटना भएको भन्दै त्यसलाई रोक्न सवै पहलकदमी गर्न पनि निर्देशन गरिएको पोखरेलले जानकारी दिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले रुकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढेको बताए । उनले घटनास्थलमा प्रहरी ढिला पुगेको स्वीकार गर्दै कमजोरी पाइए विभागीय कारबाही हुने स्पष्ट पारे । उक्त घटनाको स्थानीय, प्रदेश र केन्द्रबाट भइरहेको छानबिन अन्तिम चरण पुगेको गृहमन्त्री थापाले बताए ।

त्यस्तै महान्यायाधिवक्ता अग्नि खरेलले ५ जनाको हत्या भएको र एकजना बेपत्ता रहेको रुकुम घटनामा न्याय गरिने बताए । उनले केही घटनाहरुमा अनुसन्धान ढिलाई भएको भन्दै रुकुम घटनामा भने त्यस्तो नहुने स्पष्ट पारे । खरेलले विगतमा छुवाछुतसम्बन्धि कानुनहरु बनाए पनि कार्यान्वयनमा चुक्दा यस्ता घटना भइरहेको बताए ।

बैठकमा प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले घटनाको निष्पक्ष छानविन भइरहेको जानकारी दिए । गृह मन्त्रलायका सहसचिव नेतृत्वको एउटा टोली तथा सिआइबीको अर्को टोली र नेपालगञ्जबाट संघीय प्रहरीको अर्को टोली गरी तीनवटा टोली घटनाको अनुसन्धान र जाँचबुझमा खटिएको उनले बताए ।

समिति सदस्यहरुले उक्त घटनामा संसदीय छानविन समिति गठन हुनुपर्ने बताए । उक्त घटनाको अनुसन्धान फितलो भए सदनमा नै चर्को आवाज उठाउने चेतावनी उनीहरुले दिए ।

यहि जेष्ठ १० गते साँझ रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार लगाएतको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा