कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण
काठमाडौं । कर्णालीमा थप २९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार २९ नयाँ कोेरोेना थपिएका हुन् । सुर्खेत वीरेन्द्रनगर वडा नम्वर १ र ३ का ११ जना, सल्यान दार्मा गाउँपालिकाका ९ जना र अछाम मल्लेख गाउँपालिका र मंगलसेन नगरपालिकाका सुर्खेतमा परीक्षण गरिएका ९ जनामा प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ । कोरोना संक्रमणबाट दैलेखका एक जनाको मृत्युु समेत भइसकेको छ । पछिल्लो समय भारतबाट आउने नागरिक बढेसँग कर्णालीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।