बालुवाटारमा सुकला भएर लकडाउन हेर्ने रहर अधुरै हुनसक्छ !
रामकुमार एलन ।
४५ वर्षअघि भारतमा इन्दिरा गान्धीले लगाएको आपतकाल (संकटकाल) यतिकै हट्यो, सरकारले हटाएँ भन्न भ्याएन । यति मजाक उडाइयो कि, पत्रकारहरुले समाचार लेखे रे, संकटकालको स्वागतमा रातभर भ्यागुता कराइरहेका छन् । कुकुर भुकिरहेका छन् । यस्तैयस्तै मजाक भयो । शासन मात्र लादेर हुन्न, जनतालाई विकल्प दिन नसक्ने, हुनेखानेलाई लुटमा छुट दिइरहने हो भने जनता बेसारपानी खाएर दैनिकीमा हिँड्छन् अब । बालुवाटारमा सुकला भएर लकडाउन हेर्ने रहर अधुरै हुन सक्छ ।
किनभने हेटौंडाकी भरतपुरमा जागिरे एक युवती ३ दिनमा कोरोनामुक्त भइन् । आमाको कोरोनाले मृत्यु, ९ दिने शिशुलाई कोरोना छैन । धनगढीमा पतिलाई कोरोना, पत्नीलाई भएन । अब जीवन सामान्य पारौँ । दूरी कायम गरौँ । बेसारपानी पिउँ, खुलेर जिउँ । भिरबाट लडेर मरिन्छ, दुर्घटनामा परिन्छ । रुघाखोकी र ज्वरोले मरिन्छ । पिनास भएर मरिन्छ । मर्नु नै छ । गरिबहरु आत्महत्या गरिरहेका छन् ।
घरमा खाने चामल छैन । क्रसर चलेकै छ, खोला उत्खनन् भएकै छ । पार्टी भएकै छन् । सीमानामा नेपालीको बिचल्ली छ । विदेशबाट आउनेलाई के गर्ने कुनै पाठ्यक्रम छैन, वश मिति बढायो । सुत्यो । सुत्नेहरुलाई सुत्न दिउँ । बोर नगराऔँ । उहाँहरु सुत्नु भयो भनेर हामी सुत्यौँ भने अनिकाल र महँगीले लुटपाट र मारपिट बढेर कस्तो होला समाज ? बाँच्नै पर्यो । कोरोनाले मरे लाश जलाउने बाहेक यो ८३ दिनमा अरु के विकल्प छन् र ?