कोरोना भाइरसविरुद्धको खोप यसै वर्षभित्र बजारमा आउने



चीनले कोरोना भाइरसविरुद्ध बनाइरहेको खोप यसै वर्षभित्र बजारमा आउनसक्ने बताएको छ । चीनको एसेट्स सुपरभिजन एण्ड एडमिनिस्ट्रेशन कमिशनले शनिवार सामाजिक सञ्जालमा चीनमा बनेको कोरोना भाइरसको खोप यस वर्षको अन्तिमसम्ममा वितरणका लागि बजारमा आउनसक्ने जानकारी दिएको हो ।

वुहान इन्ष्टिट्यूट अफ बायोलोजिकल प्रोडक्टस र बेजिङ इन्ष्टिट्यूट अफ बायोलोजिकल प्रोडक्टसका तर्फबाट खोप तयार पारिएको हो ।

उक्त खोपको परीक्षण दुई हजार मानिसमा गरिएको जनाइएको छ । २९ मे मा चिनियाँ सामाजिक सञ्जाल वीच्याटमा यससम्बन्धि सामग्री प्रकाशित गरिएको थियो । जसमा यस वर्षको अन्तिम या आउँदो वर्षको शुरुवातसम्ममा खोप बजारमा आउनसक्ने उल्लेख छ । खोपको दोस्रो चरणको परीक्षण भइरहेको पनि जनाइएको छ ।

त्यस्तै रुसले पनि आफूले तयार पारिरहेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षण गरिने जनाएको छ । रुसी स्वास्थ्य मन्त्री मिखायल मुराश्कोले दुई हप्ताभित्र रुसी वैज्ञानिकले दुई हप्ताभित्र परीक्षण थाल्ने जानकारी समाचार संस्था रोयटर्सलाई दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२ सयको मिर्गौला प्रत्यारोपण

  भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    दोधारा चाँदनी (कञ्चनपुर)  । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव