दैलेखका थप १४ जनामा कोरोना भाइरसको संक्रमण



सुर्खेत । दैलेखको नारायण नगरपालिकामा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिएका छन् ।

उनका अनुसार १७ देखि ५० बर्ष उमेर समुहका मानिसहरुलाई कोराना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका उनीहरु सबै भारतबाट आएका हुन् । सुर्खेतबाट पठाइएका १ हजार ४० जनाको स्वाब परीक्षणको प्रारम्भिक परिक्षणमा नै १४ जनामा पोजेटिभ देखिएको थियो । दैलेख नारायण नगरपालिका २,३,४,६,८,९ र १० नम्बर वडाका स्थानीयमा कोरोना पोजेटिभ देखिएको हो । दैलेख नारायण नगरपालिकामा यसअघि ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

शुक्रबार १४ जना थपिएसंगै दैलेखमा संक्रमितको संख्या ३० पुगेको छ । भारतबाट आउने नागरिकका कारण कर्णालीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोना संक्रमित हुनेको संख्या ६० जना पुगेको छ । जस अनुसार सुर्खेतमा २८ जना, दैलेखमा ३० जना, मुगुका १ जना, सुर्खेतममा परीक्षण गरिएका बझाङका १ जना गरि संक्रमिको संख्या ६० पुगेको हो ।

यसैबीच, दैलेखको क्वारेन्टाइनमा बसेका एक युवकको शनिबार बिहान मृत्यु भएको छ । दुल्लु नगरपालिका–७ मा रहेको विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो ।

बिहान चिया बिस्कुट खाएर बसिरहेको अवस्थामा एक्कासी बेहोस भएका थापाको केहीबेरमा मृत्यु भएको बताइएको छ । उनी १२ दिनअघि भारतबाट आएका थिए । क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा दुई दिनअघि पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

ललितपुरमा चार जनामा हैजा पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य

बागमती प्रदेश सरकारले क्यान्सरपीडितलाई एक लाख सहयोग गर्ने

  भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई

डेंगी नियन्त्रणका लागि स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली परिचालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने