रूकुम घटना धनसँग जोडिएको छ कि जातियता ?



भरत दाहाल ।
दलितहरुको मुक्तिका लागि १० बर्ष युद्ध लडेको माओवादी पंक्तिबाटै रुकुममा दलितहरुको यति भयानक हत्या किन ? यो प्रश्न माओवादी नेताहरूको सुभाषिषमा सांसदको जागिर खाएकाहरुले संसदमा उठाएको मूर्खतापूर्ण प्रश्न हो । माओवादी नेतृत्वले कुनै दलित वा मजदुर र किसानका लागि युद्ध अगाडी बढाएको थिएन । युद्ध त आजको नेपालको हालतका लागि संगठित गरिएको थियो भन्ने कुरा यी मूर्खहरुको दिमागमा अझै पनि घुसेन ।

तिनै माओवादी नेताको आशिर्वादमा सांसद जागिर पाउँदा उनीहरु मुक्तिदाता हुने र दलित मार्दा जातिवादी हुने कुहिएको दिमाग बोक्नेहरु सँधैका दलित हुन् । दिमाग छ भने, नेपाल हेरेर युद्ध के का लागि लडिएको थियो भन्ने समीक्षा गर !

बाहिर सुनिने स्वर अनुसार माओवादी नेताहरु सबै दलित हत्या विरोधी, एमाले पनि सबै विरोधी, कांग्रेस पनि सबै विरोधी, मधेशवादी पनि सबै विरोधी, राप्रपावादी पनि सबै विरोधी। त्यसो भए समाजमा यस्तो कुसंस्कारको आड भरोसा को त ? जवाफ स्पष्ट छ, यीनीहरु।

यीनीहरुले सामाजिक कुसंस्कारको विरोध गर्छन्, यीनीहरुले त्यसलाई उकास्छन् र यीनीहरुले त्यसको उन्मूलनको बहानामा पैसा खाएर विदेशी एनजिओ बोलाएर देश भाँड्छन्। यो सम्पत्ति र कुर्सी कमाउने धन्दा हो । नागरिकहरुलाई उकास्ने, लडाउने, विभाजित गर्ने, कुर्सी हत्याउने र विदेशी पूज्ने त यीनीहरुको स्वधर्म हो । एनजिओले यीनीहरुलाई पाल्छन्, यीनीहरुको एनजिओको बजार बनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी