धर्मनिरपेक्षताको वास्तविकता
डा.गोविन्दशरण उपाध्याय ।
धर्मनिरपेक्षता शब्दको पहिलोपटक प्रयोग गर्ने बृटिश लेखक जर्ज हल्याक धर्मनिरपेक्षताका विषयमा आफ्नो प्रसिद्ध पुस्तक लेख्छन् “धर्म निरपेक्षताको विकास इसाई धर्म विरुद्ध गरिएको होइन | यो इसाई धर्मबाट स्वतन्त्र विचार हो र यसले इसाई धार्मिक क्रियाकलाप वारे कुनै अवरोध उत्पन्न गर्दैन वरू यसलाई छोडेर अन्य (Advance) पन्थहरूतिर लम्कन्छ |” (1872, The Reasoner, pp 100)
कुरो प्रष्ट छ, धर्मनिरपेक्षताको विकास पनि इसाई वाहेक अन्य धार्मिक, सांस्कृतिक तथा सामाजिक संस्थाहरूलाई कमजोर बनाएर इसाई-पन्थको विकासका लागि भएको हो | जर्ज आफैले आफुलाई नास्तिक भनेका छन् तर नेपाल, भारतजस्ता मुलुकहरूमा कट्टरपन्थी मुस्लिम, इसाईहरूले धर्मनिरपेक्षताको खोल ओढेर काम धर्मपरिवर्तनका क्रियाकलापहरू गरिरहेको कुरा लुकेको छैन |
अचम्मको कुरा के छ भने धर्मनिरपेक्षताको प्राथमिक चिन्तकका रूपमा चार्वाक-दार्शनिकहरूलाई अगाडी सारिएको छ र एसको उदेश्य नेपालीहरूलाई दिग्भ्रमित गर्नु हो | चार्वाकहरू अनिश्वरवादी हुन्, नास्तिक हुन् तर धर्मनिरपेक्ष होइनन् | चार्वाकहरूले धार्मिक अस्तित्वलाई नकारेका छन्, तेसैले सनातन धर्ममा यी आलोचित छन् |
मूलत: एकेश्वरवादी धर्म र तेसका अभियन्ताहरूले “बाइबलमा विश्वास गर्ने, गोराहरू र कुरानधारीहरू धर्मका सवालमा स्वतन्त्र विचार र क्रियाकलापमा विश्वास राख्ने समुदाय हुन्” भन्ने बैचारिक जाल फिजाएर पुनश्च: बाइबलीय पथ बलियो वनाउने प्रोपोगान्डा नै धर्मनिरपेक्षता ठहरिएको छ | नेपालका सवालमा सत्य यही हो | अमेरिका वा वेलायतमा धर्मनिरपेक्षताको प्रयोग जस्तोसुकै भए पनि नेपालमा धर्मनिरपेक्षताको प्रयोग हिन्दू-सनातनीहरूको गौरवलाई छिन्नभिन्न पारेर धर्मनिरपेक्षताका आडमा विदेशी एकेश्वरवादीहरूको बर्चश्व स्थापित गर्न भएको छ |
निसन्देह, नेपालमा धर्मनिरपेक्षताको प्रयोग इसाई, मुस्लिम र केही बौद्धहरूले आफ्नो पन्थगत अस्तित्व बलियो बनाउँन प्रयोग गरिरहेका छन् भने सरकारहरूले केवल भोटको लोभमा धर्मनिरपेक्षताका मूल्यहरूप्रति कत्ति पनि विश्वास नगर्ने कट्टरपन्थी इसाई र मुस्लिमहरूलाई “अल्पसंख्यक”को आवरणमा संरक्षण गरिरहेको छ |
एउटा इसाई र मुस्लिम कुनै पनि अवस्थामा धर्मनिरपेक्ष हुनैसक्दैनन् | धर्मनिरपेक्षता तिनको रणनीति हो |