सुर्खेतमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण
काठमाडौं । मंगलबार सुर्खेतमा १२ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६, का ८ जना, भेरीगंगा नगरपालिकाका वडा नम्बर ८ का २ जना र सिम्ता गाउँपालिकाका वडा नम्बर ४ का २ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु ९ देखि ४६ बर्ष उमेरका रहेका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् ।
उनकाअनुसार संक्रमित सबै केही दिन अघि मात्रै भारतबाट आएका हुन् । संक्रमितहरुलाई कोरोना विशेष अस्पताल कालागाउँको आइसोलेशनमा ल्याउन लागिएको उनले बताए । योसँग ैकर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।