अमेरिकामा कोराना संक्रमितको संख्या १६ लाख नाघ्यो, ९७ हजारको मृत्यु
विश्वमा कोरोना संक्रमितको संख्या ५३ लाख नाघेको छ । आइतबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५३ लाख ९७ हजार नाघेको हो । कोरोनाले सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ जहाँ संक्रमितको संख्या १६ लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १६ लाख २१ हजारमा संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या ९७ हजार पुगेको छ । यसैगरी रुसमा ३ लाख ३५ हजार ८ सय २२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ३ लाख ३ हजार ८ सय ९० जना संक्रमित छन् भने २१ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बेलायतमा २ लाख ५८ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ७ सय ५७ छ ।
इटालीमा ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । भारतमा तीन हजार आठ सय भन्दा बढीको मृत्यु भइसकेको छ । मानिसको ज्यान गइसकेको छ ।