कालापानीकाबारेमा जनजनमा जागरण ल्याउने श्रेय वामदेव गौतमलाई



विष्णु रिजाल ।

कालापानीका बारेमा जनजनमा जागरण ल्याउने श्रेय निःसन्देश वामदेव गौतमलाई जान्छ । महाकालीका बारेमा विवाद उत्पन्न भएपछि आफ्नो राजनीतिलाई नै दाउमा लगाउन पछि नपर्नुभएका उहाँले योगेश भट्टराईको नेतृत्वमा आफ्नो विद्यार्थी संगठनलाई कालापानी मार्चमा पठाएर जनतामा ‘यो हाम्रो भूभाग हो’ भनेर चेतना ल्याउन ठूलो खतरा मोल्नुभएको थियो ।

यो त कसैले भन्न चाहे पनि, नचाहे पनि सबैलाई थाहा भएकै कुरा भयो । थाहा नभएको र चर्चा नभएको कुरा चाहिँ अर्कै छ ।
कालापानीलाई भारतसँग कुरा गरेर पहिलो पटक ‘विवादित भूमि’ भन्नका लागि मञ्जुर गराउने पनि वामदेव गौतम नै हुनुहुन्छ । सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल नेपाल आएका बेला वार्तामा कुरा उठाएर भारतले उपयोग गर्दै आएको हाम्रो भूमि- कालापानी र लिपुलेकलाई ‘विवादित भूमि’का रुपमा भारतलाई स्वीकार गराउन लगाउने उहाँ नै भएको तथ्य अहिले भारतीयहरुले नै उल्लेख गरिरहेका छन् । उहाँकै प्रस्ताव वमोजिम गुजरालको भ्रमणपछिको संयुक्त वक्तव्यमा उक्त कुरा उल्लेख छ ।

छिमेकीप्रति अलिकति सकारात्मक भावना राख्ने इन्दरकुमार गुजराललाई करिब करिब देशद्रोही जस्तै मान्ने भारतीय भावना उल्लेख भएको यस लेखमा त्यतिबेला वामदेव गौतमको प्रस्तावलाई ‘हुन्न’ भनिदिएको भए अहिले भारतले झमेला बेहोर्नु नै पर्ने थिएन भनेर कडिकडाउ गाली गरिएको छ ।

संयोगले यसपटक नेकपाको सचिवालय बैठकमा नक्शा प्रकाशनका लागि आफूले नै प्रस्ताव गरेको कुरा त वामदेव कमरेडले सार्वजनिक नै गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने

एकीकृत समाजवादीको निष्कर्षः सरकारबाटै भ्रष्टाचारी संरक्षण भए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको आरोप