जनकपुर र राजविराजका लागि प्रदेश दुईले किन्यो दुई वटा पीसीआर मेशीन, सोमबारदेखि संचालनमा आउने



जनकपुरधाम । कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश दुई सरकारले वाचा गरेअनुरुप जनकपुर र राजविराजका लागि २ वटा पीसीआर मेसिन खरिद गरेको छ । मन्त्रिपरिषदले जनकपुर, वीरगंज र राजविराजमा परीक्षण प्रयोगशाला संचालन गर्ने निर्णय गरेअनुरुप जनकपुर र राजविराजको लागि पिसिआर मेसिन खरिद गरेर ल्याएको हो ।

जनकपुरस्थित पशुरोग अन्वेषण प्रयोगशालामा पिसिआर मेसिन संचालनमा ल्याइने छ भने राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा संचालन गरिने भएको छ । दुबै ठाउँको लागि मेशीन ल्याई जडानको काम समेत शुरु भइसकेको छ । अगामी सोमबारदेखि दुबै पीसीआर संचालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख रामविनय साहले जनाकारी दिएका छन् ।

उक्त मेसिनको क्षमता ४ घण्टामा ९६ जनाको परीक्षण गर्ने रहेको जनाइएको छ । वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पीसीआर मेशीन जडान भई यसअघिनै संचालनमा आइसकेको छ । त्यसैगरि प्रदेश सरकारले उपचार, तथा परीक्षणको कार्यलाई थप चुस्त बनाउन गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब संचालन, जनशक्ति परिचालन तथा औषधि एवं अन्य सामग्री खरिदका लागि ५० लाख र वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ ।

प्रदेश सरकारले नेपाली सेनाद्वारा संचालन हुने गरि राजविराज र बारा जिल्लामा कम्तीमा ५ सय शैयाको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्न समेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेट अनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरि वीरगंजमा विदेशबाट आउने नागरिकलाई राख्न ५ सय शैयाको होल्डिङ्ग क्वारेन्टाइन समेत नेपाली सेनाले नै संचालन गर्ने गरि आवश्यक रकमको व्यवस्था समेत गरेको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्यामा तीब्र वृद्धि भइरहेको बेला स्थानीय स्तरमै कन्ट्रयाक्ट ट्रेसिङ्ग मार्गदर्शनका लागि अभिमुखीकरण संचालन गर्ने र विभिन्न जिल्लाका विभिन्न स्थानमा गई केस इन्भेस्टिगेशन गर्न समेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि …

काठमाडौँ । पर्वत कुश्मा नगरपालिका–४ की ९९ वर्षीय विष्णुमति दमाइको खुसीको कुनै सीमा

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

गुल्मी । जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको

जनकपुरधाममा अनधिकृतरुपमा सञ्चालित अस्पतालका सञ्चालक सरकारको अनुगमनविरुद्ध आन्दोलित

जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । मधेश

शतप्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा जोड्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

पोखरा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा कोष बलियो बनाउन आवश्यक भएको