दार्चुलाको घाँटीबगर ईलाकामा नेपाली सेना तैनाथ



काठमाडौं । नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर (दार्चुला तिंकर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को गत वैशाख १४ को निर्णयअनुसार, सो सडक खण्डअन्तर्गत व्यास गाउँपालिका वडा नं २ स्थित घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि बिहीबार त्यहाँ सुरक्षा फौज तैनाथ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ हो ।

बाटो निर्माण कार्यका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली भने आज त्यहाँ गएको छ । चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गापा– १ मा पर्ने छाङरु र तिंकर गाउँका करिब १८२ घरपरिवारको करिब १२०० जना स्थानीयलाई सदरमुकाम खलंगा आवतजावतमा बाटो नभएका कारण अप्ठ्यारो हुँदै आएको छ ।

स्थानीय मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या उत्पन्न भएको थियो । स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए ।

घाँटीबगर र मौरी भिर इलाकामा पर्ने ४५० मिटर सडकखण्ड अविलम्ब सञ्चालन गर्न जिल्ला सुरक्षा समितिबाट निर्णय भएको थियो । सडकखण्ड सञ्चालन भएपश्चात् स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको

सेना पनि गुटगत राजनीतिमा लागेको भए यो देशको अस्तित्व रहन्थ्यो त ?

-प्रा डा तीर्थप्रसाद मिश्र नेपाल विविध विशेषतायुक्त गौरवमय गाथा भएको र आफ्नै विशेष