थ्याङ्क्यू डाक्टर मिनेन्द्र, थ्याङ्क्यू !



थ्याङ्क्यू डाक्टर मिनेन्द्र, थ्याङ्क्यूू । तिमीले ती चुत्था भारतीय मिडियालाई प्रश्न सोध्न सिकाई दियौ । तिमीले नेपाली पत्रकारिताको स्तर ती चुत्था भारतीय मिडियाको भन्दा उच्च र व्यवसायिक भएको सन्देस लाईभमा नै दिन सक्यौं ।

एउटा देशभक्त नेता कस्तो हुनुपर्छ भनेर अब कसैले सोध्यो भने जनताले भन्नेछन्, डा. मिनेन्द्र रिजाल जस्तो । तिमीले देशको सीमा रक्षाको खातिर आफू आफ्नो सरकार र प्रधानमन्त्रीको पक्षमा छु भनेर जुन तथ्य लाईभमा बोल्यौं, नी, हो तिम्रो त्यो अडान, बोली र घोषणालाई सलाम छ, डा. मिनेन्द्र ।

तिमी स्पष्ट छौं, तिमी नेपालको संसदमा विपक्षमा छौं, सरकारको अपोजिसन वा वेटिंग गभरमेन्ट मात्रै हौं, तिमी र तिम्रो दल । तर जब कुरा आउछ देशको, तिमी तिम्रो दल, पोजिशन भन्दा माथि उठन सकेका छौं । यही नै हो तिम्रो महानता ।

दलतन्त्र भन्दा माथि देशतन्त्र र देशहित हेर्ने र सोही घोषणा बाँदरे प्रवृत्तिका भारतीय मिडियालाई हाँकाहाँकी भनिदिन सक्ने, त्यो पनि लाईभमा । तिमी महान् छौं र असल देशभक्त साबित भएका छौं डा. मिनेन्द्र ।

प्रधानमन्त्री र सरकारसँग तिम्रा र तिम्रा दलका कैयन् मतभिन्नताहरु छन नै । तर आपसी मतभिन्नतालाई वैरीका सामु छरपष्ट नपारी तिमीले तिम्रै र तिम्रो दलको उछितो काढेर नथाक्ने सरकार र प्रधानमन्त्री केपी ओलीको पनि भारतीय सामु जुन स्तरको खुल्ला समर्थन, बचाउ र प्रतिरक्षा गरयौं नी, हो, त्यही हो तिमी उम्दा देशभक्त र उच्च लोकतान्त्रिक भएको प्रमाण । यसैकारण तिमीलाई सदा सदा लिाम छ जनताको ।
राष्ट्रवादी र देशभक्त हुन सत्ता चाहिन्न, स्पष्ट विचार र दृष्टिकोण भए पुग्छ । दुश्मन र आफन्त चिन्न सके पुग्छ । घरेलु बिमति घरभित्रै राखेर वैरी भारतीयलाई जस्ताको त्यस्तै जवाफी हमलामा खुत्रुक्क पार्न सक्ने तिम्रो वेजोड र दमदार अंग्रेजी कथन अनुकरणीय छ, डा. मिनेन्द्र ।

देश भूगोल, जनसंख्या, विकास आदिका हिसाब मात्रैले सानो ठूलो हुदैन । सोच, चिन्तन र व्यवहारले पनि देशको आयतनको परिभाषा गर्छ भन्ने ताजा उदाहरण हो यो तिम्रो वजनदार लाभई अन्तरवार्ता । तिमी झुकेनौ. तिमी लत्रेनौं, तिमी हारेनौं यसकारण तिमीलाई सलाम फेरि एकपटक डा. मिनेन्द्र । नेपाल न भारतको दास हो न च चीनको गुलाम ।

नेपालको स्वाभिमान जोगाउन तिमी न भारतीय, न चिनियाँ, बरु खास्सा नेपालीका रुपमा जो प्रस्तुत भयौं, त्यही हो तिमी धन्यवादका पात्र बनेको प्रमाण । तिमी असल छिमेकीका रुपमा न भारत विरोधी, न चिन समर्थक, मात्रै प्रश्तुत भयौ., देशभक्त स्वाभिमानी नेपालीका रुपमा । नेपाल भारत र चीनको पपेट होइन, स्वतन्त्र र सार्वभौम देश हो भन्ने स्थापित गर्न तिमी साँचो अर्थमा निडर, निर्भिक, उदारहणीय आत्माविश्वासी साबित भयौ । त्यसैले सलाम र साधुवाद तिमीलाई डा. मिनेन्द्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकता : वनमन्त्री शाही

बाकु । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायुको उच्च जोखिम भोग्ने राष्ट्रको रूपमा

केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँः परराष्ट्रमन्त्री राणा

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश

प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल अनुभव गरेको छुः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारितापूर्व आत्मसमीक्षा

विधायकी चरणलाई समय सीमाभित्र बाँध्न गृहमन्त्री लेखकको प्रस्ताव

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कानुन निर्माणलाई तीव्रता दिन विधायकी चरणलाई समय सीमाभित्र