थप २५ मा कोरोना संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो



काठमाडौं । बुधबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ७ जना महिला र १८ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप २५ जना कोरोना संक्रमित थपिएको बताए । संक्रमित कपिलवस्तुका १३, बाँके ६, धनकुटा ५ र नवलपरासीमा १ जनामा देखिएको उनले जानकारी दिए । उनले अहिलेसम्म पिसिआर विधिबाट ३५ हजार ४९४, र्यापिड जाँच ७३ हजार ७२ जनाको गरिएको जानकारी दिए ।

त्यस्तै २३ हजार २०२ जनालाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता देवकोटाले बताए । नेपालका ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनले सःशुल्क रुपमा कोरोना जाँच गर्ने व्यवस्था अन्य अस्पतालबाट सुरु गर्न लागेपनि शुल्क भने अहिले नै नतोकिएको बताए ।

मन्त्रालयले कोरोना भाइरसको संक्रमित गुल्मीका ४१ वर्षीय शिक्षकको अवस्था गम्भीर रहेको जनाएको छ । ५ जेठमा जन्डिस भई अस्पताल भर्ना भएका गुल्मीका शिक्षकको मणिपाल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ दी चिल्ड्रेनलाई नबनाउने

काठमाडौं ।  ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता सेभ

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

  काठमाडौँ । मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्

ललितपुर महानगरमा मात्रै ९२ हजारलाई दादुरा–रुबेलाविरुद्धको खोप

  ललितपुर । आइतबारदेखि सुरु भएको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६

चार अस्पतालको फोहर सङ्कलनमा महानगरको रोक

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले अर्को व्यवस्था नभएसम्मका लागि आजदेखि चारवटा अस्पतालको फोहर