विश्वमा १९ लाख ५६ कोरोना संक्रमित निको भएर घर फिर्ता
कोरोना भाइरसको संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी ४९ लाख ८२ हजार भन्दा बढी संक्रमित भएका छन् । १९ लाख ५६ हजार मानिस निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
अमेरिकामा संक्रमितको संख्या १५ लाख ७० नाघेको छ भने मृत्यु हुनेको संख्या ९३ हजार नाघेको छ । रुसमा २ लाख ९९ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ भने २ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै बेलायतमा मृत्यु हुनेको संख्या ३५ हजार, इटालीमा ३२ हजार, फ्रान्समा २८ हजार, स्पेनमा २७ हजार भन्दा बढीको मृत्यु भएको छ ।