सर्जरी तथा प्रसव गराउने विषयमा अब पहिले पिसिआर टेस्ट गर्नु अनिवार्य भएको छ



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।

कोभिड १९ बाट मृत्यु भएको सिन्धुपाल्चोककी महिला टोखामा बस्थिन | प्रसव गराउन उनी बैशाख २३ गते शिक्षण अस्पताल गएकी थिइन् | २४ गते सामान्य अबस्थामा डिस्चार्ज भएकी उनी २५ गते बाह्रबिसे गएकी थिइन् | त्यहाँ उनी बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराइन | उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भएकी उनलाई स्थानीय स्वास्थ्य संस्थाबाट धुलिखेल अस्पताल पुर्याइयो | त्यसको आधाघन्टामा उनको उपचारको क्रममा मृत्यु भयो |
.
यो घटनाबाट के अनुमान गर्न सकिन्छ भने –
.
१. उनलाई शिक्षण अस्पताल जानुपूर्व कोरोना संक्रमण भएको हुनसक्छ | शिक्षण अस्पतालबाट सरेको भए सरेको ८- १० दिनमै मृत्यु हुने थिएन | सेप्टीसेमियाबाट मृत्यु भएको भए पिसिआर पोजिटिभ देखिने थिएन | सामान्यतया संक्रमण भएको ३ – ६ हप्तामा मृत्यु हुन्छ | उनलाई स्थानीय रुपमा पहिले नै लक्षणविहिन कोरोना संक्रमण भएको हुनसक्छ |

२. कोरोना संक्रमण फैलिएको यो समयमा शिक्षण अस्पतालले प्रसुती गराउने बिरामीलाई पिसिआर परिक्षण गरेको भए उनलाई प्रसव गराएर आइसीयुमा राख्ने अवसर मिल्थ्यो |

३. गर्भवती तथा सुत्केरीलाई जोखिम बर्ग मानिन्छ | यो अवस्थामा उनलाई स्वास्थ्य सुबिधा भएको ठाउँबाट गाउँमा नपुर्याएको भए उपचारको अवसर हुन्थ्यो |

४. हाम्रा अस्पतालले बुझ्नु पर्ने यो अवस्था आयो कि कोरोना संक्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेको छ | सर्जरी गर्ने तथा प्रसव गराउने जस्ता बिषयमा पहिले पिसिआर टेस्ट गर्नु अनिबार्य भएको छ | यसो गर्दा बिरामी, बिरामीको स्याहार गर्ने व्यक्तिहरु तथा स्वास्थ्यकर्मीलाई जोखिम हुँदैन |

५. अस्पतालबाट संक्रमण सर्ने सम्भावना अध्ययन गर्नु र तदनुसार हरेक अस्पताललाई संक्रमणरहित बनाउनु अपरिहार्य भएको छ |
.
मृतक बहिनीप्रति हार्दिक श्रद्धान्जलि तथा शोकाकुल परिवारमा हार्दिक समबेदना व्यक्त गर्दछु |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी