सेनाको संख्या कटौतिको माग कहाँ जोडिएको छ ?



भरत दाहाल ।

विश्वको जटिल परिस्थिति, नेपालको संकटपूर्ण भू-राजनीति र ईण्डियनहरुबाट भूमी अतिक्रमणका घटनाहरुले नेपाली सेनाको संख्यालाई बढाउनु पर्ने माग गर्दछ तर दलका केही व्यक्तिहरु मार्फत् सेनाको संख्यामा कटौति गर्नु पर्ने दलीय सन्देशहरु सार्वजनिक भैरहेका छन्। १२ बुँदेमा सिंगारिएको मूख्य नायक एमाओवादी वृत्तले यस्तो कुरा उठाउनुलाई अनौठो मानिंदैन तर यस्तो कुरा सुन्नै नचाहने कांग्रेसी वृत्तबाट रामशरण महतले उठाएको यो माग चाहिं बाहिरबाट हेर्दा अनौठो जस्तो लाग्छ।

सेनाले देशका लागि केही गरेको छैन वा गर्न दिईएको छैन भन्ने कुरा सत्य हो। यो छुट्टै बहसको विषय हो। तर सेना आर्थिक बोझ भयो भन्ने कुरा ती व्यक्तिहरुले उठाईरहेका छन्, जसले भूकम्प पिडीतहरुलाई दान आएका जस्तापाता समेते बेचेर खान बाँकि राखेनन्। आर्थिक बोझको कुरा उठाउने व्यक्तिहरु तिनै हुन्, जसले देश लुटेर रित्तो बनाएका मात्र छैनन् कि ८० लाख नेपालीहरुलाई बाहिर निकालेर देशको विकास गर्नु पर्ने बजेटमाथि ‘सांसद विकास कोष’का नाममा ब्रम्हलुट मचाईरहेका छन् र महिनैपिच्छे अर्बौंको भ्रष्टाचार गर्दै आएका छन्।

सेनालाई विवादास्पद पेशामा लगाएर संख्या कटौति गर्नु पर्ने माग गर्नेहरुको नियत अर्कै छ। यो माग MCC प्रवेश गर्ने योजनासंग जोडिएको छ। MCC संग गरिएको संझौतामा अमेरीकी कानून लागु हुने, सो कानून लागु भएको ठाउँमा अमेरीकी रोजगारी र उत्पादनमा नेपालले असर पुर्याउन नपाईने कुरा उल्लेख छ। MCC अधिकृत क्षेत्रमा अमेरीकी रोजगारीको अर्थ हो- MCC परियोजनाका कामदारका बहानामा अमेरीकी सेनाको भर्ति। यही योजनाका लागि संझौतामा अमेरीकी रोजगारीमा असर पुर्याउन नपाईने प्रावधान राखिएको छ।

MCC परियोजनाको कामका नाममा प्रवेश गर्ने अमेरीकी सेनाको गतिविधिलाई रोक्न नसक्ने बनाउनका लागि सेनाको संख्या व्यापक रुपमा कटौति गर्नु पर्ने कुरा उठेको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीमा ईण्डियाले जे गरिरहेको छ, त्यसको प्रतिरोध हुन नसकोस् भन्ने कुरा पनि यससंग जोडिएको छ। यो कुरा उठाउने राम कार्की ‘रअ’ का कार्यकर्ता र रामशरण महत ‘सिआईए’का कार्यकर्ता हुन् भन्ने कुरा राजनीतिमा जानकारी राख्ने सबै नेपालीहरुलाई थाहा छ। आफ्नो भूमिकाबाट च्युत भएर सेनाले यस्तो वातावरण निर्माण गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्यका अरू निकाय सरह न्यायाधीशलाई पनि स्वेच्छाचारी हुने हक र स्वतन्त्रता छैन

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले अदालतको आदेशको स्वच्छ टिप्पणी गर्दा न्यायाधीश

गान्धीजीको अन्तिम उपवास र हत्याको दु:खद् घटना

-सञ्जय पन्थी महात्मा गान्धी जीवनका अन्तिम दिन साह्रै निराश हुन पुगेका थिए ।

‘काठमाडौँमा गठबन्धन सरकार फेरिँदा धादिङ अस्पतालको अध्यक्षसमेत परिवर्तन हुने अवस्था छ’

सुमना श्रेष्ठ । ‘३५०० जनसङ्ख्या भएको ठाउँमा ६०० भोट ल्याउनेले चुनाव जित्छ। त्यही

प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण