डर नमानौं, भौतिक र मानसिक रुपमा तयार बनौं



.
मैले पहिलेदेखि भन्दै आएको छु, नेपालमा असार र साउनमा कोरोना संक्रमण धेरै बढ्नेछ | यो अबधिमा हजारौं जनालाई संक्रमण हुनेछ | ती मध्ये ८५ % लाई सामान्य लक्षण देखिएर आफै निको हुनेछ | बाँकी १५ % मध्ये आधालाई अस्पतालको सामान्य उपचारले निको हुनेछ | बांखी ७-८ % लाई आइसीयु / भेन्टिलेटर आबश्यक पर्नेछ | त्यसको आधाभन्दा कम अर्थात ३ % को मृत्यु हुनसक्छ |
.
मृत्यु हुनेमा जोखिम बर्ग जस्तै जेष्ठ नागरिक, दीर्घ मुटु / फोक्सो / मृगौलाका बिरामी, क्यान्सरका तेस्रो तथा चौंथो स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, गर्भवती तथा सुत्केरी र इम्युनिटी सप्रेस भएका बिरामी हुनेछन् |
.
अहिलेसम्म नेपालमा सक्रिय उमेरका व्यक्तिमा संक्रमण धेरै देखिएको छ | संक्रमण कम भएकोले भाइरसको लोड थोरै छ | तर संक्रमण बढ्दै जाँदा जोखिम बर्गका संक्रमितलाई आइसीयु / भेन्टिलेटर आबश्यक हुनेछ | करिब २ – ३.५ % को मृत्यु हुन सक्नेछ |
.
सिमाना १०० % शिल गर्ने, संक्रमित क्षेत्र शिल गर्ने, आवतजावत बन्द गर्ने, सुरक्षाका सम्पूर्ण उपाय अबल्मबन गर्ने, डर / त्रास नमान्ने एबम आफ्नो इम्युनिटी पावर बढाउने गर्दा यो रोगसँग लड्न सकिन्छ |
.
यसको लागि हामी मानसिक तथा भौतिक रुपमा तयार हुनुपर्दछ | भ्रम र हल्लाको भरमा त्रस्त हुनु हुँदैन | आधिकारिक सूचना लिने र विज्ञका सल्लाह अनुशरण गर्नु उपयुक्त हुन्छ |
.
एउटा कुरा हामीले आत्मसात गर्नुपर्छ कि कोरोना संक्रमण समुदायमा हल्का रुपमा फैलिएको छ | त्यसैले फाट्टफुट्ट रुपमा धेरै जिल्लामा देखिएको छ | नेपालमा सक्रिय उमेरका व्यक्ति तथा बालबालिकामा संक्रमण देखिएको हुँदा घर बाहिर नजाने, अत्यावश्यक काम परे मास्क, चस्मा तथा पंजा लगाएर जाने, सामाजिक दुरी कायम गर्ने, भीडभाडमा नजाने, सरसफाईमा ध्यान दिने गर्नु आबश्यक छ |
.
जीवन रह्यो भने कमाउन सकिन्छ | जीवन नै नरहे कमाएको के अर्थ रह्यो र ? त्यसैले घरमै बसौं, सुरक्षित बनौं | 

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी