१ लाख २३ हजार टेष्टिङ किट सांसदका लागि?



सुरेश आचार्य ।

संसद सचिवालयका कर्मचारी, सांसद, प्रधानमन्त्री, मन्त्रीहरू र राष्ट्रपतिलाई समेत आइसोलेसनमा राख्नु पर्यो, जो बटुवा,उही बाटो …….. भएको उदाहरण त देखाउनु भएन नि, जनतालाई ! प्रधानमन्त्रीले टेष्टिङ्ग नै गर्दैनन् भन्ने पनि सुनिएको छ !!

ती सबैलाई संघीय संसदमा काम सकिएपछि भद्रकालीमा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा लगेर बास बसाउनु पर्यो । अनि, संसद अधिवेशनभरी भोलिपल्ट पनि त्यही रीत अपनाउनु पर्यो । टेष्टिङ किटको अभाव भएको यस्तो आपतकालमा दिनदिनै १००० वटा टेष्टिङ्ग किट रद्दी बनाउने ? यस्तो गर्यो भने, संसद बैठक हुने जम्मा १२३ दिनमा दैनिक १००० का दरले १,२३,००० वटा टेष्टिङ किट देशलाई नोक्सान हुनेछ । अव प्रदेश सभामा त यस्तै हो भने ३ लाख टेष्टिङ किट चाहिने हुन्छ ! देश त घुमाइफिराई यिनीहरूले नै डुबाउने भए !!

१ लाख २३ हजार गरिव जनताको कोरोना टेष्टिङ्ग गरेर राहत दिनुपर्नेमा, यीनीहरूलाई किन खर्च गर्ने राज्यले ? होइन भने, अमेरिकामा जस्तै टेष्टिङको सम्पूर्ण खर्च यिनीहरूबाटै उठाइयोस् ! नत्र, जनताले सांसदलाई पक्रिदै सेनाको क्वारेन्टाइनमा घिच्चाएर पुर्याइदिनु पर्यो । यो काम … विवेकशील पार्टी, साझा पार्टी र शिवसेना नेपालले मात्रै गर्न सक्ला ! अरू ठूला त सबै त्यस्तै हुन्, सित्तैमा पाए अलकत्रा पनि खाने !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

के साँच्चै राजावादी जनमत बढेकै हो ?

-ऋषि कट्टेल । अचेल राजावादी भनिनेहरुको चुरिफरी अलि वढेको देखिन्छ । हिजो गणतन्त्रको

सरकारले सदनमा प्रस्तुत गरेको अध्यादेशबारे गलत ढङ्गले प्रचार भइरहेको छ : सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रियसभालाई विधि निर्माण गर्ने, नीति र कानुन बनाउने हिसाबले बढी जिम्मेवार

कीर्तिपुर ‘जलन अस्पताल’को पीडा

– गौरी प्रधान देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी