काठमाडौं । शुक्रबार अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । कार्यसूचि अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पुरा भएको छ । विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पुरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाई ब्यबस्थापन मिलाइएको संसद सचिवालयले जनाएको छ ।








प्रतिक्रिया