सीमा विवादबारे वक्तव्य वाजीमा मात्र नअल्मलिएर परिणाममुखी पहल कदमी गर्न सरकारलाई देउवाको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल सरकारले भारत र चीनसँग लिपुलेकमा भारतले सडक निर्माण गरेको विषयमा संवाद गर्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आह्वान गरेको सर्वदलीय बैठकमा सभापति देउवाल लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो र यस माथिको अतिक्रमण स्वीकार्य नहुने बताउनुपर्नेमा जोड दिएका छन् ।