अब १ लाख मानिसलाई क्वारेन्टाइनमा १ महिना राख्न सक्ने व्यवस्था गर्नुपर्छ



 डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१९ पगेको छ | ती मध्ये ३५ जना निको भएर घर फर्किएका छन् | हाल अस्पताल वा आइसोलेसनमा रहेका संक्रमितको संख्या १८४ छ | १०० जना संक्रमित पुगेको एकहप्तामा २१९ जना संक्रमित भएका छन् |
.
हामी सबैको साझा प्रयासले संक्रमितको संख्या डबल हुने अवस्था १० दिन वा सो भन्दा बढी पुर्यायौं भने यस्तो आंकडा आउनेछ |
बैशाख ३१ = १८४ ( निको भएका बाहेकको संख्या )
जेठ ९ = ३६८
जेठ १९ = ७३६
जेठ २९ = १४७२
असार ७ = २९४४
साउन १७ = ५८८८
साउन = २७ ११७७६
अर्थात ६ हप्तामा ११ हजार ७ सय ७६ जना संक्रमित हुनसक्छन | यदि हामीले डबल हुने अबधि २ हप्ता पुर्यायौं भने संक्रमितको संख्या अझै कम हुनेछ भने डबल हुने अबधि छोंटो भयो भने यहाँभन्दा धेरै संख्यामा संक्रमित बढ्नेछन् | यी मध्ये १० % लाई गम्भीर लक्षण देखिए भने ११७७ जनालाई आइसीयु / भेन्टिलेटर चाहिने हुनसक्छ |
.
हामी आम नागरिक यस्तो हुनसक्छ भनेर मानसिक रुपमा तयार हुनुपर्छ भने सरकारले यो भन्दा खराब अवस्था आयो थोरै संक्रमितलाई अस्पताल चाहिने अवस्था ल्याउने तयारी गर्नुपर्दछ | यसको लागि द्रुतगतिमा आम परीक्षणको व्यवस्था, संक्रमितलाई पोषिलो खानाको साथै आबश्यक पर्न सक्ने औषधि ( इबोला, जापानी इन्फ्लुएन्जा, मलेरिया, सार्स आदि रोगमा प्रयोग गरिएका ) को प्रयोग गरेर कम भन्दा कम संक्रमितलाई भेन्टिलेटर राख्नु पर्ने अवस्था प्रबन्ध गर्नुपर्दछ | त्यस्तै संक्रमणको स्थिति धेरै खराब भयो भने आबश्यक पर्न सक्ने भेन्टिलेटर, आइसीयु, त्यसलाई चलाउन सक्ने जनशक्ति उत्पादन ( चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीलाई तालिम दिएर ) गर्ने काम तत्काल सुरु गर्नु पर्ने देखिन्छ | स्यालको शिकार गर्न जाँदा बाघको हतियार लिएर जानुपर्छ भन्ने हाम्रो पुर्खाको उखान हामीले कहिल्यै बिर्सिनु हुँदैन |
.
अर्को गम्भीर कुरा के छ भने भारतले नेपालको सिमासंग जोडिएका राज्यमा रेलसेवा सुरु गर्दैछ | उत्तर प्रदेशका मुख्यमन्त्रिले नेपालीलाई नेपाल फर्काउन सहजीकरण गर्ने भनेका छन् | बिहारमा अहिलेसम्म न्यून रुपमा रहेको संक्रमण मजदुर फिर्तिसंगै बढिरहेको छ | नेपालसंग सिमाना जोडिएका भारतका ४ राज्यमै संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ | यसले नेपालको सिमानामा निकै प्रेसर पर्ने देखिन्छ | केहि हप्ताभित्र लाखौँ नेपालीहरुलाई भारतले बोर्डर कटाउन सक्ने सम्भावनालाई हामीले आत्मसात गर्नु जरुरी छ | यो अवस्थालाई ब्यबस्थापन गर्नको लागि सरकारले आजदेखि नै बोर्डर क्वारेन्टाइन सेन्टर बनाउन सुरु गर्नुपर्छ | मेचीदेखि महाकालीका सबै जिल्लामा न्युनतम १ देखि ५ वटासम्म अस्थायी क्वारेन्टाइन निर्माण, स्कुल / क्याम्पस लगायतका भवन ठिक्क पारेर राख्ने तथा त्यहाँ खान, पानी, सौचालय, उपचार, परिक्षण आदिको ब्यबस्था गर्न संघिय तथा स्थानीय सरकार एबम स्थानीय निकाय सक्रिय हुनुपर्दछ | झन्डै १ लाख जनालाई क्वारेन्टाइनमा १ महिना राख्न सक्ने क्षमता राज्यले अबिलम्ब ब्यबस्था गर्नुपर्छ | यो कार्यमा हामी सबैले सरकारलाई सहयोग गर्नु परम कर्तब्य हो |
त्यस्तै अरब तथा बिभिन्न देशमा रहेका धेरै नेपालीको रोजगार गएको छ, जानेछ | अन्तराष्ट्रिय उडान सुरु भएपछि विदेशबाट नेपाल फर्किनेको संख्या निकै ठूलो हुनेछ | यो जनसंख्यालाई स्वदेश ल्याउनु, क्वारेन्टाइनमा राख्नु र पुनर्स्थापना गर्नु राज्यको कर्तब्य हो | सरकारले यतातिर पनि ध्यान दिनु आबश्यक छ |
.
हामीले योजना बनाउंदा खराब स्थितिको आंकलन गरेर बनायौं भने सम्भावित जुनसुकै जोखिमलाई पनि ब्यबस्थापन गर्न सक्छौं |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पदम गिरीको प्रश्नः भीम रावलले पार्टी हितविरुद्ध गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने ?

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीेबाट

कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा

माओवादीको ‘जनयुद्ध’ र सर्वोच्चको आदेश

ऋषि कट्टेल । माआवादीले सबैभन्दा धेरै अपनत्व लिएको र जनयुद्धको सबैभन्दा ठूलो उपलब्धी